नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ६४ हजार ७०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार भने तोलामा २ हजार २०० सय रुपैयाँ बढेर तोलामा १ लाख ६६ हजार ९०० सय सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यस आधारमा चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ।








