होमपेज > सहकारी ठगी प्रकरण: राप्रपा नेता एक लाख धरौटीमा रिहा

सहकारी ठगी प्रकरण: राप्रपा नेता एक लाख धरौटीमा रिहा

बिज्ञापन
बिज्ञापन

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पुष्पराज पौडेल एक लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।

बिज्ञापन

रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका पौडेलमाथि स्वर्णलक्ष्मी सहकारीको ४० लाख ७ हजार ७२३ रुपैयाँ अपचलन गरेको आरोप छ। गोरखा ग्रुप अफ कम्पनीले कानुनविपरीत स्वर्णलक्ष्मी सहकारी संस्थाबाट पौडेलका नाममा ऋण लिएको भन्दै आरोप लागेको छ। पौडेल सोही कम्पनीका सेयर सदस्य हुन्।

बिज्ञापन

यसअघि, स्वर्णलक्ष्मी सहकारी प्रकरणमा अन्य चार प्रतिवादी पनि धरौटीमा रिहा भइसकेका छन्। तीमध्ये, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६० लाख धरौटी माग गरिएको थियो। यस्तै, पूर्व डीआईजी छविलाल जोशीले ५० लाख धरौटी बुझाएर रिहा भएका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते