महालक्ष्मी विकास बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरणअनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ।
बिज्ञापन
जुन प्रायः बैंक तथा वित्तीय संस्थाको भन्दा पनि कम रहेको बैंकले जनाएको छ। बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९.३९ प्रतिशत र ७.०३ प्रतिशत रहेको थियो। बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरूले लिन सक्ने बैंकले जनाएको छ।
बिज्ञापन
त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १४.९९ प्रतिशत रहेको छ। गएको आर्थिक वर्ष २०८०/८१ असार मसान्तमा १४.९३ प्रतिशत थियो। न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरूलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ।
यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने देखिन्छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म बैंकका समग्र वित्तीय परिसूचकमा सकरात्मक परिवर्तन देखिएको बैंकले जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५० करोड तीन करोड रुपैयाँ पुगेको छ।
बिज्ञापन
आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी १२ रुपैयाँ, सेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत रहेको छ।








