होमपेज > अछाममा दुई किशोरीको मृत्यु: डीएसपी भण्डारी तीन दिनदेखि मौन, किन?

अछाममा दुई किशोरीको मृत्यु: डीएसपी भण्डारी तीन दिनदेखि मौन, किन?

बिज्ञापन
बिज्ञापन

अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा चार जना किशोर पक्राउ परेका छन्। आइतबार प्रहरीले ढकारी गाउँपालिकाका चारजनालाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो।

बिज्ञापन

अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले यो ‘रहस्यमय’ घटनाबारे आधिकारिक रूपमा बोल्न मानेका छैनन्। उनले अनुसन्धान भन्दै तीन दिन बितिसक्दासमेत घटनाबारे आधिकारिक रूपमा जानकारी दिएका छैनन्। जिल्ला प्रहरी कार्यालय अछामले घटनाको विवरणसमेत बाहिर ल्याएको छैन।

बिज्ञापन

ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका-८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका थिए। टाउको र शरीरभरि चोट लागेको अवस्थामा दुवैको शव २० मिटर आसपास फेला परेको थियो। उनीहरू शुक्रबारै बाख्रा चराउन भनी जंगल गएका थिए। पक्राउ परेका दुवैको १८ वर्षभन्दा मुनिका रहेकाले पहिचान खुलाइएको छैन। किशोरीसँगै उनीहरू गोठालो गएको प्रहरी स्रोतले बतायो। डिएसपी भण्डारीले अहिलेसम्म घटनाको प्रकृतिबारे भन्न नसकिने बताए।

‘बलात्कार हो, हत्या हो केही भन्न सकिँदैन, पोस्टमार्टम रिपोर्ट आएपछि भन्न सकिन्छ,’ भण्डारीले भने, ‘पोस्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ।’ तीन दिनको अनुसन्धान कहाँ पुग्यो, घटनास्थलको प्रारम्भिक विवरण के हो भन्नेबारे समेत डिएसपी भण्डारी अनभिज्ञ देखिएका छन्। जंगल गएका किशोरी एक दिनसम्म नआएपछि शंका लागेर स्थानीय खोजीमा निस्किँदा शव फेला पारेका थिए। घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। किशोरीका परिवारले घटना शंकास्पद रहेको भन्दै गहिरो अनुसन्धान गर्न माग गरेका छन्।

बिज्ञापन

किशोरीको शव भेटिएको माथिपट्टी भीर छ। माथिपट्टी भीरबाट ढुंगा झरेको देखिएको छ।

-यो पनि पढ्नुहोस्:

अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत फेला

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते