सोलुखुम्बुमा आएको लेदोसहितको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ।
बिज्ञापन
शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा आएको लेदोसहितको बाढी हिमताल फुटेका कारण आएको पुष्टि भएको हो। पालिकाले सामाजिक सञ्जालमा हेलिकप्टरमार्फत निरीक्षण गरेको भिडिओ प्रसारण गरेको छ।
बिज्ञापन

उक्त निरीक्षण पछि टासिलाप्चा बेसक्याम्प नजिकै रहेका ताल फुटेर बाढी आएको पुष्टि भएको हो। यस्तै अब थप जोखिमको सम्भावना पनि नरहेको पालिकाले जनाएको छ।४० वर्ष अगाडि पनि यस्तै पोखरी फुटेर भेलबाढी आएको थियो।








