गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छिन्।
बिज्ञापन
आठ हजार आठ सय ४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा १५ मिनेटमा पार गरेर छिटो सगरमाथा आरोहण गरेर कीर्तिमान राखेकी हुन्। क्लाइम्बिङ सेभेन समिट ट्याग नेपालका अनुसार फुञ्जोले बुधबार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरू गरेको थिइन्। बिहीबार बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी हुन्। सन् २०१८ मा फुञ्जो झाङ्मुले ३९ घण्टा ६ मिनेटमा आरोहण गरेर छिटो आरोहणको रेकर्ड कायम गरेकी थिइन्।
बिज्ञापन
सन् २०२१ मा हङकङकी स्याङ यिन हङ (आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रूपमा गिनिजबुकमा नाम लेखाएकी थिइन्। यो रेकर्डलाई तोडेर फुञ्जोले १४ घन्टा १५ मिनेटमै आरोहण गरेर कीर्तिमान राखेकी हुन्। गोरखामा जन्मेकी फुञ्जोले सगरमाथासँगै मनास्लु, चोओयु र आमादब्लम लगायतका चुचुरो आरोहण गरिसकेकी छिन्।








