भारतको गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको मृत्यु भएको हो।
बिज्ञापन
मृत्यु हुनेमा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानी छन्। शिवानी भारतकै पुणे निवासी रहेको जनाइएको छ। सुमनको भने ठेगाना खुलाइएको छैन।
बिज्ञापन
शनिबार उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ।
प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई गिरफ्तार गरेको छ।








