गायिका समीक्षा अधिकारी आइतबार विमान ढिलो हुँदा कार्यक्रम छुटाउनुपरेको छ। सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत अधिकारीले जहाज समयमै नउड्दा आफूले नेपालगञ्जमा हुने कार्यक्रम छुटाउनुपरेको लेखेकी छन्।
बिज्ञापन
आज पनि आफूसहितका यात्रु बिहानैदेखि एयरपोर्टमा अलपत्र परेको भन्दै उनले श्री एयरलाइन्सप्रति गुनासो पोखेकी छिन्। यसअघि पनि यही एयरलाइन्सको विमान समयमै नउड्दा नेपालगञ्जको कार्यक्रम छुटाउनुपरेको उल्लेख गर्दै समीक्षाले आज पनि बिहानैदेखि एयरपोर्टमा रहेको लेखेकी छिन्।
बिज्ञापन
उनी लेख्छिन्, ‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाइरहेका छन्।
केही दिनअघि पनि मैले यही एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखि काठमाडौं एयरपोर्टमै छु। श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन। यस्तो घटना कि त अन्य एयरलायन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलायन्स काम छैन।’
बिज्ञापन
पछिल्लो समय मेला महोत्सवको सिजनका कारण समीक्षासहितका कलाकारलाई भ्याइनभ्याई छ। उनी यतिबेला सबैभन्दा व्यस्तमध्येकी संगीतकर्मी हुन्।








