कृषि विकास बैंक लिमिटेडे आफ्नो ५८औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले फुटसल प्रतियोगितादेखि विविध कार्यक्रम आयोजना गरेको थियो।
बिज्ञापन
कृषि विकास बैंकले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको एडीबीएल कर्पोरेट फुटसल प्रतियोगिता १ माघदेखि ५ माघसम्म चलेको थियो। प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसहरूको सहभागिता थियो।
बिज्ञापन
फुटसलमा महिलातर्फ कुल १० टिमको सहभागिता थियो। फाइनलमा महिलातर्फ आयोजक कृषि विकास बैंकले ग्लोबल आईएमई बैंकलाई पराजित गर्दै उपाधि जितेको छ। त्यस्तै पुरुषतर्फ भने ग्लोबल आईएमई बैंकलाई पराजित गर्दै एनआईएमबी बैंकले उपाधि जितेको छ।
बैंकले ५८औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो। उक्त प्रभातफेरीमा बैंकका कर्मचारीलगायतको उल्लेख्य सहभागिता रहेको थियो।








