लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले गत आवको तुलनामा करिब १० प्रतिशत बढी नाफा गरेको हो।
बिज्ञापन
गत आवको पुस मसान्तसम्म बैंकको खुद मुनाफा १ अर्ब ६ करोड रुपैयाँ थियो। लक्ष्मी सनराइजको खुद ब्याज आम्दानी घट्दा पनि नोक्सानी व्यवस्थावापतको इम्पेयरमेन्ट चार्ज कम हुँदा नाफा बढेको वित्तीय विवरणमा देख्न सकिन्छ।
बिज्ञापन
बैंकले ६ महिनामा ५ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने कुल सञ्चालन आम्दानी ६ अर्ब ७१ करोड छ। तर, इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ९३ करोड रुपैयाँ मात्र छ। गत आवको यही अवधिमा यस्तो चार्ज २ अर्ब ७३ करोड रुपैयाँ थियो।
नाफा बढ्दा ईपीएस ९.१४ बाट बढेर ९.५५ रुपैयाँ पुगेको छ। यसैगरी पीई रेसियो २२.२२ कायम भएको छ। नेटवर्थ भने १७२.५० रुपैयाँ पुग्दा खुद निष्क्रिय कर्जाको आकार २.११ प्रतिशत पुगेको छ। गत आवको सोही अवधिमा यस्तो दर १.८४ प्रतिशतमात्र थियो।








