होमपेज > रवि लामिछानेसहित ७ जनालाई कारागार पठाउन सरकारी वकिलले गरे माग

रवि लामिछानेसहित ७ जनालाई कारागार पठाउन सरकारी वकिलले गरे माग

बिज्ञापन
बिज्ञापन

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रवि लामिछानेसहित ७ जनालाई कारागार पठाउन सरकारी वकिलले माग गरेका छन्। जिल्ला अदालत कास्कीमा मंगलबार भएको थुनछेक बहसमा सरकारी वकिलहरूले सबै अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाउन माग गरेका हुन्।

बिज्ञापन

लामिछानेसहित ७ जनाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मुद्दा दायर गरेको थियो। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बयान सकिएपछि मंगलबार थुनछेक बहस सुरू भएको थियो। थुनछेक बहसमा बोल्दै सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले अनुसन्धानका क्रममा देखिएका तथ्य इजलासमा राखेकी थिइन्। मुलुकी फौजदारी संहिताले गरेको व्यवस्था अनुसार प्रतिवादीहरूलाई पूर्पक्षका लागि कारागार पठाउनुपर्ने उनले जिकिर गरिन्।

बिज्ञापन

‘मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ ले ३ वर्षभन्दा बढी कैद सजाय हुन सक्ने अभियुक्तलाई अनुसूची १ र २ अनुसार कसुरमा प्रतिवादीलाई थुनामा राखी मुद्दाको पूर्पक्ष गर्न सक्ने प्रावधान छ,’ उनले इजलासमा भनिन्, ‘प्रारम्भिक रूपमा दोषी देखिएको खण्डमा प्रावधान अनुरूप नै पूर्पक्ष हुनुपर्छ।’ जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका अर्का सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले सहकारीको मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर सहकारी ठगी भएको जिकिर गरिन्। सहकारीमा सर्वसाधारणले राखेको बचत रकम विभिन्न कम्पनीमा लगेर संगठित रूपमा हिनामिना भएको उनले बताएकी थिइन्।

इजलासमा उपस्थित अधिवक्ता युवराज पराजुलीका अनुसार सहायक जिल्ला न्यायाधिवक्ता पौडेलले २०८० असोज १८ गते सूर्यदर्शन सहकारी ठगीका विषयमा दायर गरिएको अभियोग पत्रमा थप अभियोग र पूरक अभियोग ल्याउन सक्ने भनिएकाले सहकारी पीडितले दिएको पूरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप अभियोग र पूरक अभियोग पत्र अदालतमा पेस गरिएको उनले बताइन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते