होमपेज > यस्ता छन् टमाटर खानुका फाइदा

यस्ता छन् टमाटर खानुका फाइदा

बिज्ञापन
बिज्ञापन

नेपालीको भान्छामा विभिन्न तरकारीसँगै टमाटरको प्रयोग भईनै रहेको हुन्छ । यसको प्रयोग सुप, सलाद, अचार, झोल, सस आदि बनाउन गरिन्छ । टमाटरको प्रयोग एकातिर खानालाई स्वादिष्ट त बनाउँछनै सँगै शरीरका निम्ति पनि निकै फाइदाजनक छ ।

बिज्ञापन

बच्चाको मानसिक तथा शारीरिक विकासका लागि पनि टमाटर अत्यन्तै फाइदाजनक हुन्छ । टमाटर अत्याधिक भिटामिन पाइने खानेकुरा हो । यसमा विशेषगरी भिटामिन बि प्रचुर मात्रमा पाइन्छ । साथै, आयरन, पोटासियम, मेंग्नेशियम, क्रोनियम, कोलिन, जिंक र फास्फोरस पनि पाइन्छ ।

बिज्ञापन

-टमाटर खानुका फाइदाहरु:

१- वजन घटाउनु

बिज्ञापन

मानिसलाई वजन घटाउन पनि टमाटर फाइदाजनक छ । तर, टमाटरको सबैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जाँदैन ।

२- विभिन्न रोगबाट छुट्कारा

बिहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ । यसले विभिन्न रोगबाट छुट्कारा दिन्छ ।

३- बच्चाको मानसिक तथा शारीरिक विकास

यदि बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जुस पिलाउँदा सुधार हुनसक्छ । त्यस्तै, बच्चाको मानसिक तथा शारीरिक विकासका लागि टमाटर अत्यन्तै फाइदाजनक हुन्छ ।

४- गर्भावस्थामा टमाटरको सेवन

मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एकदेखि दुई गिलास टमाटरको जुस पिउनाले वजन घट्छ । गर्भावस्थामा टमाटरको सेवन गर्नु बहुत फइदा हुन्छ ।

५- अनुहारमा फाइदा

काँचो टमाटरमा कालो नुन मिलाएर खानाले अनुहारमा चमक आउँछ। र, टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।

६ -क्यान्सरको सेललाई बढ्न दिँदैन

टमाटरमा पाउने लय्कोपेनले क्यान्सरको सेललाई बढ्न दिँदैन । विशेषगरी यसले पेट र कोलेरेक्टालको क्यान्सरलाई रोक्ने गर्दछ

७- चुरोट सेवनले पर्ने असरलाई ठिक गर्छ

टमाटरमा पाउने कोउमरिक एसिड र क्लोरोजेनिक एसिडले धुम्रपानबाट पर्ने असरलाइ ठिक पार्ने गर्दछ ।

८- हड्डी बलियो

टमाटरमा पाउने भिटामिन र क्याल्सियमले हाम्रो शरीरको हड्डीलाई मजबुद बनाउने काम गर्दछ । त्यसैले जति धेरै टमाटर खायो त्यति नै धेरै फाइदा हुन्छ ।

९- मुटुको रोगीलाई

टमाटरमा पाउने भीटामिन र पोटेशियमले रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्दछ । टमाटरको दैनिक सेबनले मुटुसम्बन्धि रोगहरुबाट पनि बचाउन सहयोग गर्दछ ।

१०- ब्लड शुगर नियन्त्रण

टमाटरमा मिनरल्स पनि हुने गर्दछ । जसलाई क्रोमियम भन्ने गरिन्छ । जसले ब्लड सुगरको लेवल नियन्त्रण गर्ने गर्दछ । यदि तपाईलाई मधुमेह छ भने आफ्नो खानामा टमाटर अवश्य समावेश गर्नुहोला ।

११- पाचन शक्ति बलियो

टमाटरले पाचन शक्तिलाई सक्रिय बनाउँछ । साथै, लिभरलाई पनि क्रियासिल बनाउछ । टमाटरले कब्जियतबाट पनि मुक्त्र बनाउछ । यदि तपाइँ कुनै दिन मसलावाला खान धेरै खानु भयो भने अन्तिममा हल्का टमाटर खाने गर्नुहोस् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते