नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ।
बिज्ञापन
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका छन्। म्याग्दी हाइड्रोले प्रतिशेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ताबापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो।
बिज्ञापन
सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ।








