पूर्वी लमजङको राइनास नगरपालिका- ६ धमिलिकुवास्थित गौलिटार क्षेत्रीय खेल मैदानमा यहि माघ १ गतेदेखि राष्ट्रका लागि युवा र युवाका लागि खेलकुद भन्ने मुल नाराका साथ चौथो राइनास कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ।
बिज्ञापन
राइनास नगरपालिकाको आर्थिक सहयोग र गौलिटार क्षेत्रिय खेलमैदान समितिको आयोजनमा प्रतियोगिता हुन लागिएको हो। प्रतियोगिताको प्रथम पुरस्कार नगद तिन लाख मेडल, कप र प्रमाणपत्र रहेको छ। द्धितिय पुरस्कार नगद एक लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र रहेको छ। त्यसै गरी सेमिफाइनलका दुई टिमलाई ४०-४० हजार र प्रमाणपत्रको व्यवस्था गरिएको गौलिटार क्षेत्रिय खेल मैदान समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले बताए।
बिज्ञापन
त्यसैगरी उत्कृष्ट गोलकिप्पर, सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई पुरस्कार स्वरुप सात हजार पाँच सय सहित प्रमाणपत्र प्रदान गरिनेछ। आयोजकका अनुसार प्रतियोगिताका प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरी नगद एक हजार सहित मायाको चिनो प्रदान गरिने छ। प्रतियोगिताका लागि राइनास नगरपालिकाले ८ लाख रुपैया सहयोग गरेको छ भने संघ संस्था, स्थानीय तथा देशविदेशमा रहेका व्यक्तिहरुले पनि सहयोग गरेका छन्। प्रतियोगितामा सहभागिताका लागि पुस २९ गते पाँच बजे सम्म टिम दर्ता मिति तोकिएको छ भने दर्ता शुल्क १० हजार प्लस दुई हजार तोकिएको छ।
जिल्लाका कुनाकुनामा रहेका सिमित प्रतिभालाई प्रष्फुटीत गराई राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा पहिचान गराउने मञ्चको रुपमा स्थापित गराउन उक्त प्रतियोगिताको आयोजना गरीएको अध्यक्ष चिलुवालको भनाई छ। अध्यक्ष चिलुवालका अनुसार उक्त प्रतियोगितामा १२ टिम मात्र सहभागि गराईने छ।








