पर्सा प्रहरीले जुवाखालबाट ६ जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
वीरगञ्ज महानगरपालिका–१३ बस्ने सोनालाल कुशवाहाको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा वीरगञ्ज – ११ का विमलबहादुर क्षेत्री, गणेशकुमार थापा, वडा नं. ४ का धुरेन्द्रप्रसाद यादव, वडा नं. १७ का नरेशबहादुर सिंह पौडेल, जयराम प्रसाद र वडा नं. १३ का राम श्रेष्ठ रहेका छन्।
बिज्ञापन
जुवा खालबाट नगद एक लाख ४५ हजार ५४० र तीन बुक तास पनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए। पक्राउ परेकाहरुविरुद्ध जुवासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको लम्सालले बताए।








