सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
बिज्ञापन
बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो।
बिज्ञापन
साइबर अपराधको कसुरमा उनी गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए। साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी मंसिर २७ गते आपराधिक लाभ र संगठित अपराधको कसुरमा पुन:पक्राउ परेका थिए।
दोस्रोपटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने सर्वोच्चले आदेश दिएपछि उनलाई शुक्रबार सर्वोच्चमा हाजिर गराइएको थियो।
बिज्ञापन
व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ।








