होमपेज > होन्डा र निसानबीच मर्जरको तयारी, विश्वकै तेस्रो ठूलो गाडी निर्माता समूह बन्ने सम्भावना

होन्डा र निसानबीच मर्जरको तयारी, विश्वकै तेस्रो ठूलो गाडी निर्माता समूह बन्ने सम्भावना

बिज्ञापन
बिज्ञापन

जापानी अटोमोबाइल कम्पनीहरू होन्डा र निसानले सम्भावित मर्जरको विषयमा छलफल गरिरहेका छन्। यदि यो सहमति सफल भयो भने, यो कम्पनी बिक्रीका हिसाबले विश्वकै तेस्रो ठूलो गाडी निर्माता बन्न सक्छ। टोयोटा र फक्सवागन ग्रुपलाई मात्रै अगाडी राख्नेछ।

बिज्ञापन

जापानी व्यावसायिक पत्रिका निक्केई को रिपोर्टअनुसार, होन्डा, निसान, र सम्भवतः मित्सुबिसी मोटर्सले संयुक्त होल्डिङ कम्पनी स्थापना गर्ने सम्भावना रहेको छ। तर दुवै कम्पनीले हालसम्म यसबारे कुनै ठोस निर्णय भएको स्वीकार गरेका छैनन्। थप विवरण सही समयमा जानकारी दिने बताएका छन्।

बिज्ञापन

यसअघि होन्डा र निसानले सफ्टवेयर-निर्दिष्ट इलेक्ट्रिक गाडीहरू (EV) मा सहकार्य गर्ने सहमति गरेका थिए। इलेक्ट्रिक ब्याट्री र एक्सल उत्पादनमा सहकार्य गर्ने योजना बनाएका छन्। यो सहकार्यबाट वार्षिक करिब आठ मिलियन गाडी बिक्री हुने अनुमान गरिएको छ, जसले जीएम, स्टेलान्टिस, र हुन्डाइ-किया जस्ता कम्पनीलाई उछिन्न सक्छ।

चीनको बजारमा कमजोर व्यापारका कारण नाफामा गिरावट आएपछि निसानले हालै आफ्नो वित्तीय पूर्वानुमान घटाएको छ। कम्पनीले आफ्नो उत्पादन क्षमता २० प्रतिशतले कटौती गर्ने र ९,००० रोजगारी कटौती गर्ने योजना बनाएको छ। होन्डालाई नयाँ प्रविधिमा लगानी गर्न प्रतिस्पर्धीहरूलाई पछ्याउन चुनौती भइरहेको छ। हालै, होन्डाले जीएमसँगको सेल्फ-ड्राइभिङ गाडीको साझेदारी रद्द गरेको थियो। चीनको बजारमा होन्डाको हिस्सा पनि ३० प्रतिशतले घटेको छ।

बिज्ञापन

यदि यो मर्जर सफल भयो भने, इलेक्ट्रिक र स्वचालित गाडीहरूको बढ्दो बजारमा प्रतिस्पर्धा गर्न अन्य अटोमोबाइल कम्पनीहरूले पनि यस्ता सहकार्यमा ध्यान दिनुपर्ने देखिन्छ। होन्डा निसान र मित्सुबिसीको सम्भावित सहकार्यले नयाँ प्रविधिमा आधारित सशक्त समूहको निर्माण गर्ने विश्वास गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते