होमपेज > ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने व्यवस्था सकारात्मकः केसी

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने व्यवस्था सकारात्मकः केसी

बिज्ञापन
बिज्ञापन

नेपाल बैंकर्स संघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित भएको बताएको छ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत मौद्रिक नीतिको बचाउ गर्दै बैंकर्स संघले चालु आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीति सन्तुलित भएको बताएका हुन् ।

बिज्ञापन

‘आर्थिक वर्ष ०७७÷७८ मा ८०० अर्ब माथिको कर्जा विस्तार हुँदा त्यस यताका वर्षमा ४७३ अर्ब भन्दा बढी भएकै छैन । चालु आर्थिक वर्षको लक्ष्य भेट्न पनि ७०० अर्ब कर्जा विस्तार गर्नुपर्छ ।’, उनले भने, ‘४.५ प्रतिशतमा निक्षेप संकलनको दर र ७।५ प्रतिशत बैकदरले मुद्रा बजारमा हुने उतारचढाव नियन्त्रण गर्छ ।’

बिज्ञापन

त्यस्तै, व्यवसायीहरुले ब्याजदर बढी भएको भन्ने गरेको भए पनि बैंकहरुमा ब्याजदर घट्दो क्रममा रहेको पनि अध्यक्ष केसीले बताएका छन् । अर्थतन्त्र चलायमान हुँदै गएको र बैंकिङ प्रणालीमा तरलता संकट सुध्रिँदै गएकोले बैंकहरुको ब्याजदर अझ घट्ने पनि उनको भनाइ रहेको छ ।नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने व्यवस्था सकारात्मक रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलब्ध गराउने गरी ल्याइएको नयाँ व्यवस्था सकारात्मक रहेको बताएका हुन् ।

चालू आर्थिक वर्षका लागि पाँच खर्ब ६२ अर्ब बराबरको कर्जा विस्तार उत्पादनशील र साना तथा मझौला उद्योगमा लैजानसके त्यसले अर्थतन्त्रको सुधारमा योगदान पर्याउने उनले बताए । त्यस्तै, बैंकिङ क्षेत्रको सम्पत्तिको गुणस्तर मूल्याङ्कन गर्ने, कर्जा जोखिम न्यूनीकरण गर्ने र समष्टिगत आर्थिक उत्तारचढावका कारण वित्तीय क्षेत्रमा आउन सक्ने दबाब आँकलन गर्न माइक्रो स्ट्रेस टेस्टिङ फ्रेमवर्क ल्याउने गरी मौद्रिक नीतिको व्यवस्था पनि सकारात्मक रहेको अध्यक्ष केसीले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते