होमपेज > आज अदालतमा रविविरुद्ध मुद्दा दर्ता गर्ने तयारी हुँदै

आज अदालतमा रविविरुद्ध मुद्दा दर्ता गर्ने तयारी हुँदै

बिज्ञापन
बिज्ञापन

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दा (अभियोगपत्र) आज (शुक्रबार) अदालतमा दर्ता गर्ने तयारी गरेको छ।

बिज्ञापन

मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरिएकाले उनीविरुद्ध आजै अभियोजन दर्ता गरिने तयारी गिरएको सरकारी वकिलको कार्यालयले जनाएको छ। गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई आठौँ पटक म्याद थपिएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी भने ६ असोजमा पक्राउ परेका थिए।

बिज्ञापन

जोशीसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेको पनि म्याद मिलान गरिएका कारण आजसम्ममा अभियोगपत्र दायर गरिसक्नुपर्ने छ। शनिबार बिदा परेका कारण थुनछेक बहस भने आइतबारदेखि सुरु हुनसक्ने बताइएको छ। प्रहरीले अनुसन्धान थालेको ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानुनी प्रावधान छ। लामिछाने जोडिएकै कसूरमा आरोपित गोर्खा मिडियाका अर्का सञ्चालक जोशी पक्राउ परेको असोज ६ गतेबाटै उक्त अवधि गणना हुने कानुनी प्रावधान छ।

सोहीअनुसार ९० दिनमै अभियोजन हुन लागेको हो। प्रहरीले जोशीसहित फरार रहेका मुख्य अभियुक्त जीबी राई समूहका अन्य कर्मचारी एवं सहकारीसँग जोडिएका व्यक्तिहरूलाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ। कास्की प्रहरीले सोमबार लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

बिज्ञापन

प्रहरीको प्रतिवेदनमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गर्न सुझाव दिइएको छ। सूर्यदर्शन सहकारीको रकम हिनामिनासम्बन्धी अनुसन्धानमा कास्की प्रहरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सघाएको थियो। रास्वपा सभापति लामिछाने जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन्। हिरासतमा उनी सुतिरहेको अवस्थाको तस्वीर बाहिरिएपछि यसले तरंग पैदा गरेको छ।

तस्वीर सार्वजनिक भएको घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते