जनकपुरमा दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ।
बिज्ञापन
धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ मुरलीचोकस्थित दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो। उनको पहिचान भने भइसकेको छैन। धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार आज बिहान साढे ६ बजेतिर प्रहरीले शव रहेको जानकारी पाएको थियो।
बिज्ञापन
घटनास्थलको प्रकृति हेर्दा कसैसँग बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको छ। घटनास्थलमा रक्सीका बोतल पनि देखिएको छ। घटना हिजो साँझ वा रातिको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ।








