होमपेज > काठमाडौँमा ४ महिनामा १२४ वटा बलात्कारका घटना

काठमाडौँमा ४ महिनामा १२४ वटा बलात्कारका घटना

बिज्ञापन
बिज्ञापन

काठमाडौँ उपत्यकामा पछिल्लो चार महिनामा १२४ वटा बलात्कारका घटना भएका छन्। २०८१ साउनदेखि कार्तिकसम्म बलात्कारका १२४ वटा घटना काठमाडौँ उपत्यकामा दर्ता भएका हुन्।

बिज्ञापन

गत वर्ष सोही अवधिमा ११३ मुद्दा दर्ता भएका थिए। गत आर्थिक वर्षको तुलनामा काठमाडौँ उपत्यकामा बलात्कारको घटना बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिएको छ। चालु आर्थिक वर्षको साउनपछि कार्तिकसम्मको अवधिमा कोशी प्रदेशमा सबैभन्दा धेरै बलात्कारका मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले जानकारी दिए। प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘चार महिनाको अवधिमा जबरजस्ती करणीको घटना कोशी प्रदेशमा सबैभन्दा धेरै देखिएको छ।’

बिज्ञापन

सो अवधिमा कोशीमा १९५ वटा बलात्कार सम्बन्धी घटना दर्ता भएको थियो। गत आर्थिक वर्षको त्यही समयभित्र १८३ मुद्दा दर्ता भएको थियो। चालु आर्थिक वर्षमा देशभर ८ सय २३ बलात्कारका मुद्दा दर्ता भएका छन्। गत वर्ष सोही अवधिमा ८ सय ९ मुद्दा दर्ता भएका थिए। तुलनात्मक रूपमा बलात्कार बढेको एसएसपी अधिकारीले जानकारी दिए।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते