होमपेज > बढ्यो सिमेन्ट र छडको भाउ

बढ्यो सिमेन्ट र छडको भाउ

बिज्ञापन
बिज्ञापन

सरकारले पूँजीगत खर्च गर्ने याम सुरु भएको छ। हिउँद याममा आम सर्वसाधारणले समेत आफ्नो निजी संरचना बनाउन थाल्छन्।

बिज्ञापन

निर्माणको यसै याममा निर्माण सामग्री उत्पादकले भने मौकाको फाइदा उठाउँदै भाउ बढाएका छन्। नेपाल निर्माण सामग्री व्यापार संघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेका अनुसार अहिले सिमेन्टमा औसत डेढ सय रुपैयाँ प्रतिबोरासम्म भाउ बढेको छ। त्यस्तै रडमा प्रतिकिलो १५ रुपैयाँसम्म बढेको छ। ‘दुई साता अगाडि ९६/९७ रुपैयाँमा बिक्री भइरहेको रडको भाउ अहिले प्रतिकिलो ११० रुपैयाँ पुगिसकेको छ’ उनले भने। इँटा र गिट्टी–बालुवामा भने मूल्य स्थिर रहेको उनले बताए। अहिले काठमाडौंमा ए ग्रेडको इँटा १६/१७ रुपैयाँ प्रतिगोटासम्म उपलब्ध छ।

बिज्ञापन

गिट्टी–बालुवा प्रतिटिपर २६/२७ हजार रुपैयाँसम्म रहेको छ। यसको मूल्य स्थिर रहे पनि सिमेन्ट र रडको मूल्य बढ्दा उपभोक्ता बढी मारमा परेको उनको भनाइ छ। उत्पादकले कुनै ठोस कारण विना बढाएको मूल्य फिर्ता लिन नेपाल निर्माण व्यवसायी महासंघले आग्रह गरेको छ। बढेको मूल्य फिर्ता नलिए निर्माण काम नै ठप्प पार्नेसम्मको चेतावनी महासंघको छ।

महासंघका महासचिव रोशन दाहालका अनुसार निर्माणको काम हुने सिजनमै सीमित सिमेन्ट उद्योगीले मूल्यवृद्धिसँगै उत्पादन समेत कटौती गरेका छन्। खुला बजार अर्थतन्त्रको नीति विपरीत निर्माण सामग्रीको भाउ बढाइएको उनको भनाइ छ। महासंघले मूल्यवृद्धि खारेज नगरे देशभरि निर्माण काम नै ठप्प पार्ने चेतावनी यसअघि दिइसकेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते