होमपेज > ६ लाख बढीको भन्सार छलीको सामान बरामद

६ लाख बढीको भन्सार छलीको सामान बरामद

बिज्ञापन
बिज्ञापन

कैलालीमा ६ लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको करिब ६ लाख २ हजार ६५० मूल्य बराबरको अवैध बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले त बरामद गरिएका सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको बताए।

बिज्ञापन

प्रहरीले धनगढी उप–महानगरपालिकास्थित आदर्श चोक र त्रिबेणीघाटबाट ३२ हजार ७५० मूल्य बराबरको माछा, चिनी, प्याज र किराना सामान फेला पारेको थियो। त्यसैगरी जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाडाबाट २ लाख ३१ हजार ८ सय बराबरको कपडा फेला पारेको छ।

जिल्लाको कैलारी गाउँपालिका ५ मनिकापुरबाट करिब १ लाख ९५ हजार ५ सय बराबरको २०० एएच ईनभटर, ब्याट्री, कपडा र नाइलन रसी फेला पारेको छ । कैलालीको टीकापुर नगरपालिका ८ बेलुवाबाट १ लाख ८ हजार ४ सय बराबरको तेल, मोजा, छिद्रा माछा र मम्फली बरामद गरेको छ।

बिज्ञापन

जिल्लाको भजनी नगरपालिकास्थित काँडा र पहलवानपुरबाट ३० हजार २ सय बराबरको छिद्रा माछा, हरियो खुर्सानी र सिंगाडा बरामद गरेको छ। त्यस्तै जोशीपुर गाउँपालिका ३ फाडियाबाट ४ हजार बराबरको चिनी बरामद गरेको प्रहरीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते