होमपेज > सँगै सुतिरहेका साथीलाई साबेल प्रहार गरी हत्या

सँगै सुतिरहेका साथीलाई साबेल प्रहार गरी हत्या

बिज्ञापन
बिज्ञापन

मकवापुरमा एक युवकले सहकर्मीको हत्या गरेका छन्। मनहरी गाउँपालिका-६ प्रतापुरको लच्कामा ३४ वर्षीय अम्मरबहादुर लोप्चनले ५० वर्षीय जितबहादुर मोक्तानको हत्या गरेका हुन्।

बिज्ञापन

बिहीबार बिहान साढे १ बजे आफ्नै घरमा सुतिरहेका मोक्तानमाथि लोप्चनले साबेल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। लोम्चन र मोक्तान सँगै मजदुरीमा हिँड्थे। उनीहरू निर्माण क्षेत्रका काममा मजदुरी गर्थे। लोप्चनकै घरमा प्रायः सँगै सुत्थे पनि।

बिज्ञापन

साबेल प्रहारपछि गम्भीर घाइते भएका मोक्तानको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि चितवन जिल्ला अस्पताल भरतपुर पुर्‍याइएको थियो। उपचारकै क्रममा बिहीबार बिहान ३:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

साबेल प्रहार गर्ने लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते