होमपेज > रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जना पक्राउ

रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जना पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ। निषेधित क्षेत्रमा नाराबाजी गर्न गरिरहेका ७ जना रास्वपा कार्यकर्तालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए। प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ। त्यही क्षेत्रमा नाराबाजी गरेको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ परेका हुन्।

बिज्ञापन

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान गराएर शुक्रबार रविलाई कास्की ल्याइएको हो‍। मंगलबार कास्कीबाट जहाजबाट भैरहवा पुर्‍याइएका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई सुप्रिम सहकारीको रकम हिनामिनामा पनि जोडिएको भन्दै बयान लागि बुटवल लगिएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते