आज २०८१ भदौ ४ गतेका लागि नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य सोमबारको तुलनामा घटेको छ ।
बिज्ञापन
आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९० र बिक्री मूल्य १३४.५० रुपियाँ रहेकामा अघिल्लो दिनमा खरिद १३४.०१ रुपियाँ र बिक्री मूल्य १३४.६१ रुपियाँ थियो । त्यसैगरी यसदिन युरो १ को खरिद दर १४७.७७ रुपियाँ र बिक्री १४७.१३ रुपियाँ छ । हिजो भने सो मुद्रोका खरिद १४७.७९ र बिक्री १४८.४३ रुपियाँ थियो । राष्ट्र बैंकले आजका लागि पाउन्ड १ को खरिद दर १७३.३५ र बिक्री दर १७४.१३ रुपियाँ निर्धारण गरेकामा हिजो खरिद १७३.४८ रुपियाँ र बिक्री १७४.२५ रुपियाँ थियो ।
बिज्ञापन








