भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अब क्रियटरहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत गीत रिमिक्स गर्न दिने भएको छ। क्रियटरले चाहेको शैलीमा गीतलाई परिवर्तन गर्न सक्नेगरी युट्युबमा यस्तो फिचर आउने लागेको हो।
बिज्ञापन
हाल यो फिचर युट्युबका सीमित क्रियटरमाझ उपलब्ध भइसकेको छ। क्रियटरले यस फिचरमार्फत ३० सेकेन्डसम्मका अडिओ क्लिप बनाउन सक्नेछन्। अर्थात् यस फिचरले पहिल्यै आएका गीत (म्युजिक)हरूलाई क्रियटरको इच्छा अनुसार नयाँ शैलीमा परिवर्तन गरिदिनेछ।
बिज्ञापन
यस फिचरमा क्रियटरले कुनै गीतको मुड वा विधा परिवर्तन गर्न चाहिने निर्देशन (प्रम्प्ट) राख्नुपर्छ । त्यसपछि ‘ड्रिम ट्र्याक’ नामको एआई सिस्टमले ३० सेकेन्डको रिमिक्स क्लिप तयार गर्नेछ। त्यसरी बनाइएका ट्र्याकमा वास्तविक ट्र्याकको पनि जानकारी हुनेछ। जसलाई क्रियटरले आफ्नो युट्युब शर्ट्समा प्रयोग गर्न सक्नेछन्।
क्रियटरले यो फिचर युट्युब स्टुडिओभित्र गएर ‘रिस्टाइल अ ट्य्राक’ विकल्प मार्फत प्रयोग गर्न सक्नेछन्।
बिज्ञापन
गत वर्ष युट्युबले चार्ली पुथ, चार्ली एक्सिएक्स, डेमी लोभाटो, जोन लेजेन्ड, सिया, टी(पेन, ट्रोय सिभान जस्ता कलाकारहरूको स्वर प्रयोग गरी एआई-सिर्जित गीतहरू तयार गर्ने फिचर ल्याएको थियो। त्यस फिचर पनि केही क्रियटरहरूमा मात्र सीमित छ। यी फिचर सबैका लागि कहिलेदेखि उपलब्ध हुन्छ भनेर युट्युबले जानकारी दिएको छैन।








