काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
बिज्ञापन
बागमती प्रदेश ०२-०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
बिज्ञापन
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।








