होमपेज > १४ अंकले घट्यो शेयर बजार, कतिको भयो कारोबार?

१४ अंकले घट्यो शेयर बजार, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

बुधबार सेयर बजारको परिसूचक नेप्से १४.१२ अंक घटेको छ। सो अंकको कमीपछि २७३४ मा कायम भएको छ। बजारको अंक घट्दा कारोबार रकम केही बढेको छ। अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको भयो।

बिज्ञापन

९९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ७ को स्थिर रह्यो। फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ। समग्र बजार घट्दा यो सेक्टर ४.२ प्रतिशत बढ्यो। त्यस्तै विकास बैंक १.४७ र हाइड्रोपावर सूचक ०.८१ प्रतिशत बढे। बैंकिङ १.३७, होटल तथा पर्यटन ०.०६, लगानी १.११, जीवन बीमा १.१९, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा १.२३, अन्य ०.८३ तथा व्यापार समूह १.६१ प्रतिशत घटे।

बिज्ञापन

सप्तकोशी विकास बैंक, सिर्जनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो। रावा इनर्जीको ९.९१, बलेफी हाइड्रोपावरको ९.८८, सपोर्ट माइक्रोफाइनान्सको ९.१५ प्रतिशत मूल्य बढ्यो।

कुथेली बुकरी स्मल हाइड्रोपावरको १० प्रतिशत मूल्य घट्यो। समाज लघुवित्तको ४.९३, एनएलजी इन्स्योरेन्सको ४.०४ तथा बुटवल पावरको मूल्य ३.६३ प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा जानाकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स र पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते