त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुन बरामद भएको छ।
बिज्ञापन
मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बुधबार बिहान जानकारी दिए। एयर अरेबियाको जहाजमा यूएईको शारजाहबाट काठमाडौँ आएका चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सान दाइङ तुङ रइ नोङ फुलाई उक्त सुनससहित नियन्त्रणमा लिइएको उनको भनाइ छ।
बिज्ञापन
उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा जाँचगर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा सो सुन फेला परेसँगैत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको उनको भनाइ छ।
नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।
बिज्ञापन








