होमपेज > बढ्यो प्याजको भाउ, कालिमाटीमा कुन तरकारीको मूल्य कति?

बढ्यो प्याजको भाउ, कालिमाटीमा कुन तरकारीको मूल्य कति?

बिज्ञापन
बिज्ञापन

कालीमाटी होलसेल बजारमा केही दिनयता प्याजको भाउ बढेको छ। तिहारअघि प्रतिकिलो अधिकतम १०५ रुपैयाँ रहेको प्याज अघिल्लो दिन मंगलबार ११५ रुपैयाँ पुगेको थियो भने बुधबार १२५ रुपैयाँ पुगेको छ।

बिज्ञापन

गोलभेँडा भने केही सस्तिएको छ। ठूलो गोलभेँडा ९० र सानो गोलभेँडा अधिकतम प्रतिकिलो ७० रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। तिहारअघि ठूलो गोलभेँडा १२० तथा सानो गोलभेँडा १२० रुपैयाँ थियो।

बिज्ञापन

आलु केही सस्तिएको छ। अघिल्लो दिन प्रतिकिलो ९० रुपैयाँ रहेको रातो आलु बुधबार ८० रुपैयाँ छ। त्यस्तै स्थानीय काउली १००, डल्लो भन्टा ६०, लाम्चो भन्टा ६०, तने बोडी १२०, घिउ सिमी ६०, टाटे सिमी ७०, तिते करेला अधिकतम ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

चिचिन्डो र घिरौंला अघिल्लो दिनको तुलनामा प्रतिकिलो १० रुपैयाँ बढेको छ। चिचिण्डो ५० तथा घिरौंला ७० रुपैयाँ प्रतिकिलोमा बुधबार कारोबार भएको छ। भिण्डी ८० रुपैयाँ छ। बरेला ४०, इस्कुस ३०, रायो साग ७०, चमसुर साग १००, तोरीको साग ८० तथा मेथीको साग १०० रुपैयाँ किलोमा कारोबार भएको छ। ब्रोकाउली १००, कन्य च्याउ १७० तथा डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटीले जनाएको छ।

बिज्ञापन

कुरिलो अघिल्लो दिनकै मूल्य प्रतिकिलो १००० रुपैयाँ छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते