सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।
बिज्ञापन
पहिलोपटक लिइएको म्याद सकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज पुन:अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ। उनीसँगै गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी जोशीलाई पनि अदालत लगिएको छ।
बिज्ञापन
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रास्वपा सभापति लामिछानेलाई यही कात्तिक ३ गते शुक्रबार काठमाडौँबाट पक्राउ गरी त्यही रात पोखरा लगेको थियो।
पूर्वडीआईजी छविलाल जोशीलाई भने गत असोज ६ गते नै पक्राउ गरेर पोखरा लगिएको थियो।








