होमपेज > कैलालीमा लागु औषधसहित ४ जना पक्राउ

कैलालीमा लागु औषधसहित ४ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीले लागु औषध (खैरो हेरोईन) सहित ४ जनालाई पक्राउ गरेको छ।

बिज्ञापन

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाच गर्दा टिकापुर नगरपालिका वडा नं. २ बिजयनगरका २३ वर्षीय मखन चौधरीको साथबाट ५० मिलिग्राम खैरो हेरोईन बरामद गरेको हो।

बिज्ञापन

चौधरीले लगाएको पाईन्टको दाहिने गोजिमा लुकाई–छिपाई राखेको अवस्थामा लागु औषध फेला परेको प्रहरीले बताएको छ। त्यस्तै उनको घरमा गएर चेकजाँच गर्दा थप ४३ ग्राम लागु औषध (खैरो हेरोईन) पनि बरामद गरेको हो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिगएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नं.१ अत्तरियास्थित चुरे बस्ने वर्ष २१ का निराजन शाहलाई पनि हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल १ ग्राम २३० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो।

बिज्ञापन

त्यस्तै धनगढीबाट बैतडी जान लागेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार जिल्ला डोटी जोरायल गाउँपालिका वडा नं. ०२ भट्टेखोला बस्ने बर्ष अन्दाजी २४ को दिपक बिष्ट र सोही स्थानका २४ वर्षीय गोबिन्द बिष्टलाई अस्थायी प्रहरी पोष्ट खानिडाडाबाट खटिगएको प्रहरी टोलीले चेकजाँच गर्दा निज दिपक बिष्टको गोजीबाट कालो पोलिथिनमा बाधेको खैरो धुलो जस्तो देखिने शुद्ध तौल २ ग्राम ७९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) गरी जम्मा ४७ ग्राम ७० मिलिग्राम लागु औषध (खैरो हिरोईन) फेला परेको हो।

पक्राउ परेका चारैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते