आज कालिमाटी फलफूल तथा तरकारी बजारमा कुरिलो मूल्य शतप्रतिशतले बढेको छ ।
बिज्ञापन
हिजो प्रतिकिलो ४५० रुपियाँ रहेको कुरिलो आज त्यति नै बढेर ९०० रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ।
बिज्ञापन
त्यस्तै, पुदिना भने ५० रुपियाँ बढेको छ । आज ९५० मा कारोबार भइरहेको पुदिना अघिल्लो दिन ९०० रुपियाँ थियो । आज ठूलो गोलभेंडा ५ रुपियाँले बढेर १४५ रुपियाँ पुगेको छ ।
त्यस्तै, भन्टा ७५, तनेबोडी १३५, मटरकोशा १७५ र हरियो फर्सी ४५ रुपियाँ बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ।
बिज्ञापन








