होमपेज > ‘आईएमई पे’ ले सार्वजनिक गर्‍यो १ रुपैयाँमा हवाई टिकट प्रदान गर्ने योजना

‘आईएमई पे’ ले सार्वजनिक गर्‍यो १ रुपैयाँमा हवाई टिकट प्रदान गर्ने योजना

बिज्ञापन
बिज्ञापन

नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बिज्ञापन

८ असोजदेखि २३ असोजसम्म सञ्चालन हुने यस योजना अन्तर्गत आईएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरूले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन् । भाग्यशाली विजेताहरूले खरिद गरेको हवाई टिकटको १ रुपैयाँ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरूप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन् ।

बिज्ञापन

साथै आईएमई पे मार्फत हवाई टिकट खरिद गर्दा ८१ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीले चन्द्रागिरी हिल्स केबुलकार, मौलाकाली केबुलकार र लुम्बिनी केबुलकारको टिकटका लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउने कम्पनीले जनाएको छ । चाडपर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरूलाई लक्षित गरी आइएमई पेले यो अफर सार्वजनिक गरेको हो।

आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरूमाझ महान चाडपर्वको अवसरमा कृतज्ञता र उपहारस्वरूप समर्पण गरिएको जानकारी दिए । साथै आइएमई पेमार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ताबिना आफ्नो यात्राको आनन्द लिन सक्छन् । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते