त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारिएको छ।
बिज्ञापन
अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले भोलिका लागि BSC/BA, BED र BBS दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो।
बिज्ञापन
स्थगित गरिएका परीक्षा असोज २१ गते हुने त्रिविले जनाएको छ। स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ।








