होमपेज > डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ जना बेपत्ता

डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ जना बेपत्ता

बिज्ञापन
बिज्ञापन

स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै ४८ जना बेपत्ता भएको राष्ट्रिय समुद्री उद्धार सेवाले शनिबार जनाएको छ ।

बिज्ञापन

उद्धारकर्ताहरूले डुङ्गामा सवार ८४ जना मध्ये २७ जनालाई उद्धार गर्न सफल भएको जनाएका छन् । यो सेप्टेम्बरको सुरुमा आप्रवासीहरु बोकी युरोपका लागि प्रस्थान गरेको डुङ्गा सेनेगलमा दुर्घटनामा पर्दा ३९ जना आप्रवासीहरूको मृत्यु भएको थियो । पछिल्लो समयमा हजारौं आप्रवासीहरू ज्यान जोखिममा पारी भीडभाडका बीचमा पुराना डुङ्गाहरूमा चढी युरोपका लागि यात्रा गर्ने क्रम बढेको जनाइएको छ ।

बिज्ञापन

अगस्टको अन्त्येमा, स्पेनका प्रधानमन्त्रीले मौरिटानिया र गाम्बियाको भ्रमण गरी कानुनी आप्रवासनका लागि मार्गहरू विस्तार गर्दै मानव तस्करहरू विरुद्ध कारबाही गर्न सहयोग सम्झौताहरूमा हस्ताक्षर गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी “इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन” ले सन् २०१४ देखि यो क्षेत्रमा दुर्घटनामा परी चार हजार ८५७ जनाको मृत्यु भएको अनुमान गरेको छ । आप्रवासीहरूलाई सहयोग गर्ने स्पेनिस गैरसरकारी संस्था “क्यामिनान्डो फ्रन्टेरास” का अनुसार युरोप जाने क्रममा दुर्घटनामा परी हाल सम्म १८ हजार ६८० जनाको मृत्यु भई सकेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते