मोलमोलाइ गरेपछि १०३ वटा भेडाको पैसा नदिइकन लिएर फरार भएका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका- ७ मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिरलाई प्रहरीले पक्राय गरेको हो।
बिज्ञापन
असोज १ गते मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ३ ताक्ला गुरुङले पालेको भेंडा लिएर दुई जना सहयोगीसहित उनी पोखरा झरे। असोज ३ गते पोखराको ड्यामसाइडमा सुतिरहेको अवस्थामा भेडाधनी ताक्लालाई पत्तो नदिइकन फकिरसहितका ३ जना भेंडा लिएर फरार भए। ताक्लाले ४२ लाख रुपैयाँ मोलमोलाइ गरेर पैसा नदिइकन व्यपारी भागेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए। रुपन्देहीको शुद्धोधन गाउँपालिका- ४ घर भई पोखरा बस्दै आएका फकिरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए।
बिज्ञापन
जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थपेर ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) कसुरमा अनुसन्धान भइरहेको उनको भनाइ छ। असोज २ गते नै पोखरा महानगरपालिका- २५ घट्टेखोलाबाट अन्यत्र सवारी साधानमा लोड गरेर विक्री गरेको फकिरले वयान दिएका छन्।








