दुग्ध किसानले यस पटकको दूध आपूर्ति गरेबापतको भुक्तानी प्राप्त गर्ने भएका छन् । हिजो बेलुका सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिएको हो ।
बिज्ञापन
दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता दुग्ध किसानलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय विस्तार गर्न अर्थ मन्त्रालयले डीडीसीलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।








