होमपेज > महानगरले अवरोध गरेको भन्दै कवाड व्यवसायीले गुहारे प्रधानमन्त्री

महानगरले अवरोध गरेको भन्दै कवाड व्यवसायीले गुहारे प्रधानमन्त्री

बिज्ञापन
बिज्ञापन

कवाड व्यवसायी समाजले सहज रुपमा पेशा व्यवसाय गर्न पाउनु पर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकार्षण पत्र बुझाएको छ। बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेर कवाडी व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले सरकारको ध्यानाकार्षण गराएका हुन् ।

बिज्ञापन

वर्षौँदेखि व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिकाले अभद्र व्यवहार गरेको आरोप उनीहरूले लगाएका छन् । महानगरले वातावरण बिगारेको, आगलागीका घटना र चोरीका घटना बढाएको जस्ता झुटा आरोप लगाएर कवाड व्यवसायीलाई काठमाडौंबाट विस्थापित गर्न खोजेको उनीहरूको आरोप छ । महानगरले कवाड व्यवसायीमाथि गरिरहेको आक्रमण र तोडफोड तत्काल रोक्न लगाई सरल र सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ओलीसमक्ष उनीहरू आग्रह गरेका छन् ।

बिज्ञापन

कवाड व्यवसायमाथि महानगरले तोडफोड गरेको, समान जफत गरेको, अभद्र व्यवहार गर्दै व्यवसायको दर्ता नवीकरण नगरेको र अन्य निकायमा पनि प्यान भ्याट दर्ता गर्न रोक लगाएको उनीहरूले बताएका छन् । कानुन बमोजिम दर्ता नवीकरण गराउन चाहेका कवाड व्यवसायलाई दर्ता नवीकरण गराउनुपर्ने, आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथिको अराजक गतिविधि रोक लगाउनुपर्ने र व्यवसाय गर्न पाउने हकको हनन हुन नहुने माग कवाड व्यवसायीहरूले गर्दै आएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते