बलिउड ३८ वर्षीया अभिनेत्री कंगना रनौत अब कलाकारका साथै भारतकी माननीय सांसद पनि हुन् । कंगना अहिले आफ्नो फिल्म ‘इमर्जेन्सी’ का कारण चर्चामा छिन् । त्यसो त कंगना अहिलेसम्म पनि अविवाहित नै छिन् ।
बिज्ञापन

बिज्ञापन
यद्यपि, उनको आदित्य पञ्चालीदेखि ऋतिक रोशन र अध्ययन सुमनसम्मको सम्बन्धका कारण चर्चा रहेकी थिइन् । हालै कंगनालाई उनको विवाह तथा सन्तानका बारेमा राज शमनीको पोडकास्टमा प्रश्न सोधिएको थियो । कंगनालाई ‘विवाह गर्न र सन्तान जन्माउन चाहानु हुन्छ? भन्ने प्रश्न सोधिएको थियो । यसको जवाफमा कंगनाले ‘चाहान्छु’ भनेकी थिइन् । यहि क्रममा कंगनालाई विवाह गर्नु आवश्यक छ? भनेर पनि प्रश्न सोधिएको थियो । यसको जवाफमा कंगनाले भनेकी छिन्– ‘यो विषय विवादास्पद छ, तर एउटा साथी हुनुपर्छ जस्तो मलाई लाग्छ । त्यसो त एउटा साथी बिना बाँच्न गाह्रो हुन्छ, तर साथीसंग बाँच्न पनि गाह्रो नै हुन्छ । तर साथी बिना झन् बढी गाह्रो हुन्छ ।’

बिज्ञापन
‘जति–जति उमेर बढ्दै जान्छ, कुनै पनि व्यक्तिसँग तालमेल बसाउन उति नै गाह्रो हुँदै जान्छ, कंगनाले भनेकी छिन्– ‘तपाईंले जति कम उमेरमा विवाह गर्नु हुन्छ, त्यति नै एडजस्ट हुन सजिलो हुन्छ । अझै पनि गाउँमा अति कम उमेरमा विवाह गरिदिइन्छ । तर त्यहि समयमा तपाईंमा उन्माद पनि हुन्छ । त्यो उन्मादका लागि दिशा पाउनु अति राम्रो हुन्छ ।’ तीन वर्षअघि कंगनाले टाइम्स नाउलाई दिएको एउटा अन्तर्वार्तामा भनेकी थिइन्– अवश्य पनि म विवाह गर्न र सन्तान जन्माउन चाहान्छु । म पाँच वर्षपछि स्वयंलाई एक आमा र श्रीमतीको रुपमा देख्न चाहन्छु ।’








