होमपेज > नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा…

नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा…

बिज्ञापन
बिज्ञापन

चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ ।

बिज्ञापन

ईच्छाकामना गाउँपालिका-५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं. को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन ।

बिज्ञापन

कार भरतपुर महानगरपालिका -२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए । अहिले सडक सञ्चालनमा छ । कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ । गएराति देखि नै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेको छ । सावधानी अपनाएरमात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । असार २८ गते पनि सोही सडकखण्डमा यात्रुवाहक बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते