कालीमाटी फलफूल तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज ब्रोकाउली, काक्रो, आभोकाडो, अमला अदुवा, आलु, बन्द, कुरीलो, भटमासकोशालगायतका तरकारी र फलफूलको भाउ बढेको छ । यसअघि प्रतिकेजी १५० रुपैयाँ रहेको ब्रोकाउलीका भाउ बढेर आज १७६ रुपैयाँ ६७ पैसा पुगेको छ भने लोकल काक्रो ७५ रुपैयाँ पुगेको छ ।
बिज्ञापन
यसैगरी आभोकाडो प्रतिकेजी ३२५ रुपैयाँबाट बढेर ३२६ रुपैयाँ ६७ पैसा, आमला ९५ रुपैयाँ, अदुवा २१० रुपैयाँ, सुकेको खुर्सानी ४२६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १९० रुपैयाँ, हरियो धनिया ४२६ रुपैयाँ ६७ पैसा, रातो आलु ६७ रुपैयाँ ६७ पैसा, रातो आलु ९भारतीय ५६ रुपैयाँ ६७ पैसा पुगेको छ ।
बिज्ञापन
यसैगरी मुडेको आलुको भाउ पनि सामान्य बढेर प्रतिकेजी ६३ रुपैयाँ ६७ पैसा, तराई बन्दा ५५ रुपैयाँ, तने बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी ९५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ९५ रुपैयाँ, भटमासकोशा १४० रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ६५ रुपैयाँ र कुरीलो ३७६ रुपैयाँ ६७ पैसा कायम भएको छ ।








