होमपेज > आर्थिक सुधारको नेतृत्व कांग्रेसले लिनुपर्छ: विनोद चौधरी

आर्थिक सुधारको नेतृत्व कांग्रेसले लिनुपर्छ: विनोद चौधरी

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले कांग्रेसले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने बताएका छन् । सोमबार कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा राखेको धारणाबारे मुलुकको अर्थतन्त्र सुधार गर्ने नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका हुन् ।

बिज्ञापन

चौधरीले कांग्रेसको इतिहास र विगतका अर्थतन्त्रका सुधारका कामले पनि मुलुकको दोस्रो चरणको अर्थतन्त्र सुधारको नेतृत्व लिन चुकको बताए । उनले संकुचनमा गएको अर्थतन्त्रको दोस्रो चरणको सुधार गर्नेगरी कांग्रेसले पार्टीको स्पष्ट दृष्टिकोण बनाएर जान आवश्यक रहेको बताए । उनले कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म अस्पष्ट रहेको बताए । अब कांग्रेसको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ ढंगले परिभाषित गर्ने बेला आएको चौधरीको धारणा थियो । अब कांग्रेसले राजनीतिक आन्दोलन मात्रै नभई आर्थिक नीति र दृष्टिकोणमा रहेका अस्पष्टता हटाउन जरुरी रहेको उनले बताए । उनले कांग्रेसले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिने कुरामा अलमलिन नहुने उल्लेख गरे ।

बिज्ञापन

उनले भने,‘मुलुकको अर्थतन्त्र सजिलोसँग हेरे पनि अवस्था त्यस्तो छैन । नेपाली काँग्रेसले २०४८ सालमा गरेको नयाँ उदार अर्थतन्त्र निजी क्षेत्र निर्देशित अर्थतन्त्रबाट राज्यले परिवर्तन भोग्यो । त्यसैको भरमा अहिले राज्य चलिरहेको छ । अब सधैँभरि त्यसैको भरमा राज्य चल्न सक्दैन । त्यो कामको इतिहासमा नेपाली काँग्रेसलाई हेर्ने हो २००८ सालमा पहिलो बजेटमा बैक खोल्ने कुरा गरेको रहेछ । २००८ साल देखि अर्थतन्त्रलाई रूपान्तरण गर्ने क्रान्ति गर्ने पार्टीले अहिले आएर दोस्रो चरणको अर्थतन्त्र सुधार गर्न किन उदासीन देखिएको छ ।’

चौधरीले ८० प्रतिशतभन्दा बढी लगानीको अभिभारा बोकेको निजी क्षेत्र यतिबेला निराश र त्रसित रहेको बताए । उनले कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्छन् भन्ने कुरामा समेत अन्योल रहेको बताए । उनले अब निजी क्षेत्रको लिड गर्ने पार्टी कांग्रेस बन्ने अवसर गुमाउन नहुने बताए । चौधरीले कृषिसँग प्रत्यक्ष जोडिएको मल समयमै नपाउनुपर्ने परिस्थिति आउनु दुर्भाग्य भएको बताए । उनले मलको अभाव कहिल्यै हुन नदिन पेट्रोलियम पदार्थमा जस्तै सिधै जिटुजीमार्फत आयात गर्ने व्यवस्था गरी मलको अभाव हुन दिन नहुने बताए ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते