होमपेज > स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा साढे ४ प्रतिशतले घट्यो

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा साढे ४ प्रतिशतले घट्यो

बिज्ञापन
बिज्ञापन

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्षको नाफा ४.५ प्रतिशतले घट्न पुगेको हो । कम्पनीद्धारा सार्वजनिक रिपोर्टअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ ।

बिज्ञापन

अघिल्लो आर्थिक वर्ष ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ बैंकले कमाएको थियो । खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जा बढ्दाले बैंकको नाफा प्रभावित हुन पुगेको हो । बैंकले गत आर्थिक वर्ष ५ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्ल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ९५ करोड रुपैयाँ थियो । बैंकको कूल प्रवाहित कर्जाको २.१४ प्रतिशत कर्जा निष्कृय बन्न पुगेको छ । पहिले यस्तो कर्जा १.१८ प्रतिशत थियो । जसका कारण वित्तीय व्यवस्थापन अर्थात् प्रोभिजनका लागि मात्र आर्थिक वर्षमा बैंकले २१ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ ।

बिज्ञापन

बैंकको नाफामा सामान्य गिरावट आउँदा प्रतिसेयर आम्दानी केही घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७५ पैसा रहेकोमा अहिले ३५ रुपैयाँ ९ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ छ । आधार दर जम्मा ६.६ प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते