होमपेज > एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज बिहीबार विहान माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष ४७।८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । नतिजाअनुसार, १८६ जनाको मात्रै ४ जिपिए आएको छ ।

बिज्ञापन

यो पटक ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । २२१ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

बिज्ञापन

यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अंक र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अंक प्राप्त गरेको हुनुपर्छ ।

अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अंक ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अंक आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।

बिज्ञापन

२०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ । आइभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते