होमपेज > ५ अर्ब ८५ करोडमा ४२ मेगावाटको लाप्चे खोला जलविद्युत आयोजना निर्माण हुँदै

५ अर्ब ८५ करोडमा ४२ मेगावाटको लाप्चे खोला जलविद्युत आयोजना निर्माण हुँदै

बिज्ञापन
बिज्ञापन

डायनामिक हाइड्रो इनर्जी प्रालिले ४२ मेगावाटको लाप्चे तामाकोसी अर्ध-जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले लागत ५ अर्ब ८५ करोड रुपैयाँ खर्चेर जलविद्युत आयोजना निर्माण गर्न लागेका हो ।

बिज्ञापन

यो आयोजनाको प्रतिमेगावाट लागत १४ करोड ६४ लाख ६० हजार रुपैयाँ छ । आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार भइसकेको छ । इआईए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ । मन्त्रालयले स्वीकृति दिने तयारी गरिरहेको छ । प्रतिवेदन स्वीकृति भएपछि निर्माणको बाँकी प्रक्रिया सुरु गर्ने तयारीमा कम्पनी छ ।

बिज्ञापन

प्रस्तावित जलिवद्युत् आयोजना दोलखाको विगु गाउँपालिका-१ मा निर्माण हुनेछ । यो आयोजनाको ४० मेगावाटको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । बाँकी २ मेगावाटको लागि पीपीए हुने प्रक्रियामा छ ।

यो जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) लागि सकेको छ ।यो आयोजनाको लागि २३८० मिटरको हेडरेस टनेल निर्माण गर्नुपर्छ । आयोजनाको ग्रस हेड २८२ मिटर, नेट हेड २७१.२३ मिटर र डिजाइन डिस्चार्ज १७.७० घनमिटर प्रतिसेकेण्ड छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते