होमपेज > पल्सर एन १५० मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य?

पल्सर एन १५० मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

बजाज मोटरसाइकलको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ।

बिज्ञापन

यो मोटरसाइकल भारतमा एक वर्ष अघि नै सार्वजनिक भइसकेको थियो। यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेको र यसले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ। यस अघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा सार्वजनिक गरिसकेको छ।

बिज्ञापन

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नेपालमा सार्वजनिक भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा नयाँँ मापदण्ड सेट गर्दै आइएको छ। ७० भन्दा बढी देशहरूमा पल्सर विश्वव्यापी रूपमै सर्वाधिक रुचाइएको ब्रान्ड बन्न सफल भएको छ। फेरि पनि यही सिलसिलालाई कायम राख्दै हामीले पल्सर एन १५० लन्च गरेर नेपालका बजाज प्रेमीलाई अर्को उपहार ल्याएका छौँ।’ कम्पनीका अनुसार यो मोटरसाइकलमा रहेको आकर्षक फिचरमा ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट हो। साथमा युएसबी चार्जिङ पोर्ट पनि उपलब्ध छ। कम्पनीका अनुसार यो मोटरसाइकलमा रहेको आकर्षक फिचरमा ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट हो। साथमा युएसबी चार्जिङ पोर्ट पनि उपलब्ध छ।

त्यसैगरी यसको फ्युल इन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने कम्पनीले जनाएको छ। पल्सर एन १५० एरोडायनामिक थ्रिडी फ्रन्ट सहितको स्लिक डिजाइनको उपलब्ध हुनेछ। यसको मस्कुलर डायनामिक ट्यांकी, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको छ। शक्तिशाली र स्मुथ १४९.६८ सिसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४.५ पिएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ भने यसले ४८ किमीको प्रभावशाली माइलेज पनि दिने कम्पनीले जनाएको छ। सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस अलोय ह्विल पनि राखिएको छ। सुरक्षालाई झनै बलियो बनाउन यसमा सिंगल च्यानल एबिएस पनि समावेश गरिएको छ।

बिज्ञापन

बजाज एन १५० मा डिजिटल स्पिडोमिटर, ट्याकोमिटर, ट्रिप मिटर र ओडोमिटर सहित धेरै याडभान्सड् फिचरहरू छन्। यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डीकेटकर पनि उपलब्ध छ। साथै यस बाइकमा “क्याट” नोटिफिकेसन र हाइड कनेक्ट एप पनि उपलब्ध हुन्छ। त्यसैगरी बाइकमा सिंगल ट्युब्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा पनि रहेको छ। मात्र १४५ केजीको कर्ब वेट भएको पल्सर एन १५० चलाउन निकै आरामदायी हुनेछ। यसमा रहेको १४ लिटरको फिउल ट्यांकीले बारम्बार पेट्रोल भर्नुपर्ने समस्याबाट पनि छुटकारा दिनेछ। बाइकको ब्रेकिङ सिस्टममा २६० एमएम फ्रन्ट डिस्क ब्रेक र १३० एमएम रियर ड्रम ब्रेक समावेश रहेको छ।

नेपाली बजारमा पल्सर एन १५० को मूल्य ३ लाख ५९ हजार ९०० रूपैयाँ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते