होमपेज > सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड बजेट

सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड बजेट

बिज्ञापन
बिज्ञापन

सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रानीजमराकुलरीया सिंचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम चरणमा सिंचाइ आयोजना सुरु गरिने घोषणा गरेका हुन् ।

बिज्ञापन

यस्तै सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गरिने सरकारले जनाएको छ । सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड विनियोजन गरेको मन्त्री पुनले घोषणा गरे ।

बिज्ञापन

बजेटमा बबई सिंचाइ अयोजना पूर्वी तथा पश्चिममा मुल नहरबाट शाखा विस्तार गरेर थप १ हजार हेक्टरमा सिँचाई गर्न यसको लागि १ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ । यस्तै भेरी बबई डाइभर्सन बहुउेश्यीय आयोजनाको हेडवर्कस र विद्युत गृहका लागि २ अर्ब विनियोजन भएको बजेट भाषणमा भनिएको छ ।

यस्तै महाकाली सिंचाइको तेस्रो चरणको मूल नहर र शाखा नहरको काम अगाडि बढाइने मन्त्री पुनले बजेट मार्फत घोषणा गरे । ब्रम्हदेव क्षेत्र शाखाको १ हजार ५ हेक्टर क्षेत्रमा जमिनमा सिंचाइ सेवा थपको लागि २ अर्ब रुपैयाँ घोषणा गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते