होमपेज > अस्ट्रेलिया पुगेर महजोडीले किन मागे माफी?

अस्ट्रेलिया पुगेर महजोडीले किन मागे माफी?

बिज्ञापन
बिज्ञापन

हाँस्यकलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयमा दिएको अभिव्यक्तिलाई लिएर उहाँहरुले दर्शकसामु माफी मागेका हुन्।

बिज्ञापन

आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै माफी मागेका हुन्। एक कार्यक्रमका लागि अस्ट्रेलियामा रहेका उनीहरुले भिडिओ सन्देश जारी गर्दै अदालतमा विचाराधीन मुद्दामा बोलेर गम्भीर गल्ती गरेको उल्लेख गरेका छन् । ‘एक टेलिभिजनमा बोल्न प्रस्ताव आयो । अचानक आएको प्रस्तावमा बोल्दा हामीबाट त्रुटी भएको छ । नबोलेको भए पनि हुने थियो ।’ श्रेष्ठले भने।

बिज्ञापन

‘अदालतमा विचाराधीन मुद्दा मा नबोलेको भए पनि हुने थियो । बोलेर गल्ती गरियो, यति धेरै वर्ष माया गरिदिनु भयो । अब पनि सबै कुरा बिर्सेर हामीलाई माया गरिदिनु होला ।’ आचार्यले भने ।

केहीदिनअगाडि नागरिकता किर्ते मुद्दामा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको पक्षमा उनिहरुले अभिव्यक्ति दिएका थिए । अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि महजोडीले माफी मागेका हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते